चितवन । चितवनको फोर्ब्स कलेजमा ‘सिटिएफ ह्याक द बक्स’ वर्कसप सम्पन्न भएको छ । गत मंसिर २४ र २५ गते दुईदिन लगातार १६ घण्टा सञ्चालन गरिएको उक्त कार्यक्रम फोर्ब्स सिसिएसएद्धारा आयोजना गरिएको थियो ।
उक्त वर्कसप नितान्त आइटी क्षेत्रको साइबर सेक्युरिटि अन्तर्गत पर्ने कलेजका शैक्षिक निर्देशक सुलभ अधिकारीले जानकारी दिए । उनका अनुसार विद्यार्थीले दुईदिनको वर्कसपमा विभिन्न ‘ह्याक द बक्स’मा रहेर विभिन्न मेसिनहरुमा रहेको फ्ल्यागहरुलाई कसरि क्याप्चर गर्ने भन्ने कुरा सिकेका छन् ।
‘वर्कसपमा भल्नरेव मेसिनहरुमा फ्ल्यागहरु लुकाएर राखिएको हुन्छ, विद्यार्थीले त्यो फ्ल्याग खोज्ने प्रक्रियालाई सिटिएफ भन्छौँ । विद्यार्थीलाई यो चुनौतीको रुपमा दिइन्छ’, उनले भने । सेक्युरिटिको फिल्डमा सिटिएफ च्यालेञ्ज गरेर फ्ल्याग पत्ता लगाउने चिज एकदमै प्रचलित रहेको अधिकारीले बताए । सिटिएफको पूरा अर्थ (क्याप्चर द फ्ल्याग) भन्ने हुन्छ ।
करिब ५० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा काठमाडौँबाट सन्तोष भण्डारीको टिमले विद्यार्थीहरुलाई सिटिएफ च्यालेन्जको बारेमा बताएका थिए । ह्याक द बक्स कम्युनिटिबाट विद्यार्थीहरुलाई यसको बारेमा ज्ञान दिइएको थियो । सम्पूर्ण प्रयोगशालाहरु ह्याक द बक्समै बनाइएको थियो ।
सम्पूर्ण ल्याब्रोटरीलाई एक्सेस गर्नको लागि नेपालमा ह्याक द बक्स कम्युनिटि छ । उक्त कम्युनिटिले कलेजलाई सम्पूर्ण ल्याबहरु निशुल्क रुपमा प्रदान गरेको थियो । चितवनमा नै पहिलो पटक आयोजना गरिएको उक्त वर्कशपमा सम्पूर्ण विद्यार्थीले अहिले विश्वभरी बढ्दै गइरहेको साइबर सेक्युरिटिको अवसरको बारेमा बुझ्ने मौका पाएको अधिकारीको भनाई छ ।
‘कसरी साइबर सेक्युरिटिको क्षेत्रमा लाग्ने, यसको टेक्निकल सिप कसरी सिक्ने भन्ने अन्र्तगत यो वर्कसप सम्पन्न गरेका छौँ’, उनले भने, ‘करेन्ट साइबर सेक्युरिटिका टेक्निकल एसपेक्टबाट हुने भल्नरेविलिटिहरुको बारेमा पनि विद्यार्थीहरुले जानकारी पाएका छन् ।’ यसैअन्र्तगत रहेर कलेजले आगामी दिनहरुमा ‘नेशनल सिटि अफ च्यालेञ्ज’ गर्ने घोषणा पनि उक्त कार्यक्रममा गरेको छ ।
यसअघि कलेजले सिसिएनए, रेड ह्याट, इथिकल ह्याकिङको बुट क्याम्प लगायतका विभिन्न वर्कसपहरु सम्पन्न गरिसकेको कलेजका प्रमुख हरिशरण पाठकले बताए । यस्ता कार्यक्रमहरुले आगामी दिनमा पनि निरन्तरता पाउने उनको भनाई छ । फोर्ब्स कलेजमा दुईदिने ‘सिटिएफ ह्याक द बक्स’ वर्कसप सम्पन्न कलेजका प्रेसिडेन्ट उत्सब ढकालको सभापतित्वमा, क्याम्पसका प्रमुख हरिशरण पाठक, म्यानेजिङ डिरेक्टर राजकुमार दाहाल, भाइस प्रिन्सिपल दिवस मैनालीको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।