चितवन । खैरहनी नगरपालिका–१ शाहीचोकमा ना८ख ३६८१ नम्बरको ट्रक र बा.प्र.०३.००४ प ८५३३ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
रत्ननगर नगरपालिका–१ बस्ने ३१ वर्षीया तारा देवी काफ्लेको टाउको र बायाँ खुट्टामा र खैरहनी नगरपालिका–३ बस्ने २५ वर्षीया निरुता कुँवरको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गम्भीर घाइते दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइ रहेको छ । दुवै सवारी साधन र ट्रक चालक सर्लाही हरियोना नगरपालिका– ८ बस्ने ४५ वर्षीय बिकाउ ठाकुर प्रहरी नियन्त्रणमा छन्।