चितवन । चितवनको कालिका नगरपालिका–८ भोर्लाघारीमा एक चेपाङ महिलाको मृत्यु भएको छ ।
स्थानीय बालकृष्ण चेपाङको श्रीमति अन्दाजी २७ वर्षीय पार्वती चेपाङ गएराति १ बजेको समयमा आफ्नै घरभित्र अचेवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारको लागि गएराति नै साढे १ बजे भरतपुर अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक महिलाको शरिरमा कुनै चोटपटक लागेको छैन । शवलाई अस्पतालकै शव गृहमा राखिएको छ ।