आशिष उप्रेती
चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको इन्टरनेशनल कलेजमा स्नातक तह चौथो वर्ष (बिबिएस)मा उत्तीर्ण भएका व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरीएको छ । कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरी चितवन जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो ।
यसै शैक्षिक सत्रमा कलेजबाट व्यवस्थापन संकाय तर्फ चितवन जिल्लामै उत्कृष्ट नतिजा सहित उच्च अंक प्राप्त गर्न सफल भएको छ । जस अन्तर्गत विशिष्ट श्रेणीमा सबिना नगरकोटी (७६.६ प्रतिशत), सुरज मैनाली (७५.८ प्रतिशत) र मनिका धरेल (७५.४ प्रतिशत) रहेका छन् साथै प्रथम श्रेणीमा १० जना र बाँकी द्धितिय श्रेणीमा गरि शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । सोही अवसरमा इन्टरनेशनल कलेज चितवनको सह प्राध्यापक डा। कपिलदेब सुबेदीले ब्यबस्थापन संकायका लागी कलेज उत्कृष्ट शैक्षिक गन्तब्य रहेको र दक्ष प्राध्यापकको महत्वपुर्ण भुमिकाले गर्दा कलेजका सम्पुर्ण कार्यक्रमहरु बिएचएम, बिआईएम, बिबिएस, एमबिएस र कक्षा १२ मा समेत उत्कृष्ट नतिजा ल्याईरहेको बताउनुभयो ।
व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ देखी स्नातकोत्तर तह सम्मको पढाई हुने यस कलेजमा विगतदेखीको शैक्षिक वातावरण, विद्यार्थीलाई व्यावहारिक, सिप एवंम् असल नागरिक बन्न प्रेरणादायी रहेको विद्यार्थी मनिका धरेलले बताईन् ।
साथै सोहि अवसरमा शतप्रतिशत नतिजा ल्याउन विशेष भुमिका खेल्नुभएका बिषयगत प्राध्यापकहरु डा। कपिलदेब सुबेदी, झगरु प्रसाद चौधरी, सन्तोष उप्रेती र मेघराज पौडेललाई दोसल्ला सहित सम्मान समेत गरिएको थियो ।
सो कार्यक्रममा कलेजका प्राध्यापक युद्ध बहादुर बस्नेत, कलेजका लेखा अधिकृत तारादेवी सुवेदी, परीक्षा शाखाका प्रमुख राजु गौतम, प्लस टु कम्प्युटर ल्याबका प्रशिक्षक नविन खतिवडा लगायतका शिक्षकहरुको उपस्थित रहेको थियो ।
कलेजका प्राध्यापक दीपकप्रकाश शिवाकोटीले सन्चालन गुर्नुभएको कार्यक्रममा कलेजका पुर्व प्रमुख झगरु प्रसाद चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो । कलेज प्रमुख भीष्मराज पाठकको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । इन्टरनेशनल कलेजमा कक्षा ११ देखी स्नातकोतर तह सम्म पुर्ण डिजिटल प्रणालीमा पढाई हुदै आईरहेको छ ।