सुर्खेत । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार नभएको दाबी गरेका छन् । आज सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्नेगरी काम भइरहेको बताएका छन्।
‘रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरामा सत्यता छैन, सरकार प्रत्येक व्यक्तिको मानव अधिकारको रक्षा गर्ने विषयमा गम्भीर छ,’ उनले भने।
दुई दल मिलेर बनेको सरकार संविधानको रक्षाका लागि सरकारलाई स्थायित्व दिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक गतिविधि बढाउने, मुलुकको समृद्धिका लागि सरकार निरन्तर लोकतान्त्रिक संविधानको रक्षा सबैको दायित्व भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको उनले बताए।