चितवन । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य दिपेन्द्र बास्तोला नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
उनलाई आज एमाले पार्टी कार्यालय चितवनमा स्वागत गरिएको हो । एमाले पोलिट ब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरले, केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका अध्यक्ष कमलराज पाठक र निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने लगायतले संयुक्तरुपमा बास्तोलाई एमालेमा स्वागत गरे ।
पार्टी प्रवेश गर्दे बास्तोलाले देश विकास गर्नका लागि अब एमाले बाहेक अर्को निर्णायक शक्ति नरहेको महसुश गर्दै एमालेमा आएको बताए । उनले अब सबै वामपन्थीहरु एमालेमा समाहित हुनुको विकल्प नरहेको पनि बताएका छन् ।