भरतपुर । युनाइटेड टेक्निकल कलेजमा गठित युनाइटेड टेक क्लबको आयोजनामा भएको ३६ घन्टे ह्याकाथन बिटामा भरतपुर–२ स्थित फोर्व्स कलेज ‘फस्ट रनरअप’ भएको छ । फोर्व्स कलेजको टिम समिप्य फस्ट रनरअप भएको हो ।
प्रतियोगितामा लुम्बिनी आइसिटी कलेजको टिम बाइटफोर्स विजयी भएको हो । माउन्ट अन्नपूर्ण क्याम्पस पोखराको टिम म्याक प्रतियोगिताको इनोभेटिभ टिम घोषित भएको छ ।
प्रतियोतिगामा विजयी भएको बाइटफोर्स टिमले नगद ३० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस टिममा अरूण पाण्डे लौडारी, नवीन पौडेल र खेमकान्त पौडेल सहभागी थिए ।
दोस्रो भएको टिम समिप्यले नगद २० हजार रूपैयाँ पाएको छ । यसमा अंगद थापा, स्वयं लामा र विपेश कोइराला थिए ।
त्यस्तै, इनोभेटिभ टिम घोषित भएको टिम म्याकले नगद १० हजार रूपैयाँ पुरस्कार पाएको छ । यस टिममा रोशन केसी, भाष्कर पराजुली र आशिक चापागाईं सहभागी थिए ।
प्रतियोगितामा चितवन, रुपन्देही र कास्कीका गरी कुल १० वटा टिम सहभागी भएका थिए । प्रतियोगितामा सहभागी सबै टिमका विद्यार्थीहरुलाई बस्न र खानको व्यवस्था गरिएको थियो । क्लबका अध्यक्ष प्रज्वल अधिकारीले ह्याकाथन बिटाले देशकै सामाजिक, आर्थिक तथा प्राविधिक विकासमा सहयोग गर्ने बताए । यो क्लब कलेजमा अध्ययनरत सबै विधाका विद्यार्थीहरुद्वारा गठित क्लब हो ।












