चितवन । लायन्स क्लब अफ चितवन मिड्टाउनले स्थापना दिवसको अवसरमा निःशुल्क थाइराइड चेकजाँच एवम् परामर्श सेवा कार्यक्रम गरेको छ ।
संस्थाको स्थापना दिवसको अवसरमा भरतपुर महानगरपालिका–७ उज्जवल टोलमा बुधवार आयोजित निःशुल्क थाइराइड चेकजाँचमा १४८ जनाले लाभ लिएका छन् ।
परामर्श सेवा असार ७ गते शुक्रवार सञ्चालन गरिने कार्यक्रम संयोजक कुशबिक्रम चौरासियाले जानकारी दिए । उनका अनुसार चौविसकोठीस्थित प्रभाकर मेडिकल हलमा (प्राइम बैङ्क तल) परामर्श दिइने छ । वरिष्ठ फिजिसियन (पेट, छाति, मुटु, मुत्ररोग विशेषज्ञ) डा नवराज लामिछानेले निःशुल्क परामर्श सेवा दिने छन् ।
लायन्स क्लब अफ चितवन मिड्टाउनको अध्यक्ष लक्ष्मण जिसीको अध्यक्षतामा भएको निःशुल्क थाइराइड चेकजाँच कार्यक्रममा भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, क्लबका डिस्ट्रिक डिपुटी चिफ बिनोद पन्त, उज्वल टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र चालिसे, क्लबका संस्थापक अध्यक्ष रामहरि घिमिरे लगायतको सहभागीता रहेको थियो ।