चितवन । भरतपुर महानगरपालिकाले विद्यालयहरुमा भाेलिदेखि जेठ ३२ गतेसम्म गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाको पठनपाठनमा समेत समस्या भएको भन्दै महानगरले सबै विद्यालय (मन्टेश्वरी समेत)लाई बिदा दिएको हो ।
वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयहरुमा गर्मी बिदा दिइएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्यले जानकारी दिए ।
बिदाको अवधीमा बालबालिकालाई चर्काे घाममा हिँड्न नदिन, नदी/पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता गतिविधि गर्न नदिन एवम् आवश्यक सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ ।