चितवन । सामाजिक संस्था बेटर चितवनको संयोजन एवम् चितवन र गैंडाकोटको वातावरण क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुको सहकार्यमा पर्यावरणको लागि युवा आवाज युवा डायलग कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाले पर्यावरण संरक्षण सम्बन्धी प्रदर्शनी गर्नुका साथै वातावरण संरक्षण सम्बन्धी आफ्नो आफ्नो संस्थाका गतिविधिहरु प्रस्तुत गरेका थिए । लेखक तथा अभियन्ता डा जीवन क्षेत्री र वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशका पूर्व सचिव दुर्गाबहादुर कार्की वक्ताको रुपमा हार्दिका राउतले प्यानल छलफल सञ्चालन गरिन् ।
सहमति नेपालका कार्यक्रम संयोजक खेमराज खनालले प्रकृतिमा आधारित समाधान विषयमा अभिमुखीकरण प्रदान गरे । बेटर चितवनका संस्थापक संयोजक इन्जिनियर सागर कार्कीले युवा र पर्यावरण संरक्षण सम्बन्धी अभियान विषयमा प्रस्तुति दिए ।
विश्व वातावरण दिवसको अवसरमा बेटर चितवनसँगै सहमति गैंडाकोट, चितवन सक्रिय महिला प्रतिष्ठान, क्लब अफ इन्भारोमेन्टल साइन्स सप्तगण्डकी, वे ग्रुप नेपाल, भरतपुर महानगर युवा संजाल, नेपाल विकास समाज, समुदायमा आधारित वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान र नदीसँगै हामी अभियानको संयुक्त रुपमा कार्यक्रममा आयोजना गरिएको थियो ।
बेटर चितवनकी कार्यक्रम संयोजक आकृति सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वातावरण तथा दैविक प्रकोप व्यवस्थापन महाशाखा प्रमुख ओम प्रसाद पाण्डे लगायत वातावरण संरक्षणकर्मी एवम् अभियान्ताहरुको सहभागीता थियो ।