चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिक पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ ।
आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । पहिराेले मेसिनमा पनि क्षति पुगेको छ ।
पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । घटनाको बारेमा बुझ्न नारायणगढ–मुग्लिन सडक आयोजनाका अधिकारीहरु घटनास्थलमा जाँदै छन् ।
थप विवरण केहि बेरमा आउने छ ।