भरतपुर । जापान जाने विद्यार्थीहरुको लागि १८ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको नारायणगढको इमेज इन्स्टिच्युट नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आएको छ ।
न्यू इमेज इन्स्टिच्युटको नाममा सन् २००५ देखि क्षेत्रपुरबाट सेवा थालेको यस संस्था इमेज इन्स्टिच्युटको नाममा सञ्चालनमा आएको हो । इन्स्टिच्युटले आइतबार १८औँ वार्षिकोत्सव पनि मनाएको छ ।
संस्थाका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले नयाँ व्यवस्थापनका साथमा पुनः सञ्चालनमा आएको इन्स्टिच्युटको रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा केक काटेर वार्षिकोत्सव पनि मनाइएको थियो । यस संस्थाले हालसम्म हजारौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि जापान पठाएको छ । जापानमा उच्च शिक्षा लिएका विद्यार्थीहरुले स्वदेश फर्किएर हस्पिटालिटी, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा लगानी पनि गरिरहेको उनले बताए ।
यस संस्थाले दक्ष भाषा प्रशिक्षक र अनुभवी परामर्शदाताबाट विद्यार्थी र अभिभावकलाई सेवा दिँदै आएको छ । साथै जापानको रहनसहन र आधारभुत कानुनी ज्ञान समेत दिने गरिएको बुढाथोकीले बताए । शहिद चोकमा मुख्य कार्यालय रहेको यस संस्थाको चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालय रहेको छ ।
वार्षिकोत्सव कार्यक्रममा संस्थाकी निर्देशक सुजिता सिंह, संस्थाको अभिभावक शुसिला सिंह लगायत विभिन्न शाखा कार्यालयमा जापानीज भाषा पढिरहेका विद्यार्थीको उपस्थिती थियो ।