नुवाकोट। अर्थमन्त्री डा प्रकाशशरण महतले अब काठमाडौँ वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन्।
आज नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘काठमाडौँ बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ, अब विकास गर्न लाग्नुपर्छ।’
उनले काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्नेमा जोड दिए।
‘काठमाडौँ–छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ, एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो। यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ” उनले भने।