काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको खेलमा चितवन एफसी विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा चितवन एफसीले वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हराएको हो ।
नेपाल सुपर लिगको इतिहासमा चितवनले हासील गरेको यो पहिलो जित हो । पहिलो संस्करण पनि खेलेको चितवनले एक जित पनि निकालेको थिएन ।
चितवनका लागि विमल घर्तिमगर र विदेशी खेलाडी टोरिन जेब्रिनले एक–एक गोल गरे । वीरगञ्जका लागि एक मात्र गोल एकिन्स कयी बाफोरले गरे ।